सिभिल बैंकमा एक्सिस डेभलपमेन्ट बैंक र सिभिल मर्चेन्ट वित्तीय संस्था गाभिने भएको छ। संस्था गाभने विषयमा बैंकका अध्यक्ष इच्छाराज तामाङ, एक्सिस डेभलपमेन्ट बैंकका अध्यक्ष विदुर धमला तथा सिभिल मर्चेन्ट वित्तीय संस्थाका सञ्चालक अरूणराज श्रेष्ठबाट सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
मर्जरपश्चात बैंकको नाम सिभिल बैंक लिमिटेड नै रहने छ। हाल सिभिल बैंकको चुक्ता पूँजी रु. २ अर्ब रहेको छ। त्यसैगरी एक्सिस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी रु. ७१ करोड ८१ लाख र सिभिल मर्चेन्ट वित्तीय संस्थाको चुक्ता पूँजी रु. १६ करोड ६५ लाख रहेको छ। हाल सिभिल बैंकको मुख्य कार्यलयसहित २० शाखा रहेका छन् भने एक्सिस डेभलपमेन्ट बैंक र सिभिल मर्चेन्ट वित्तीय संस्थाको क्रमशः १० र २ शाखा रहेका छन्। मर्जरपश्चात बैंकको कुल शाखा संख्या ३२ पुग्ने भएको छ।
No comments:
Post a Comment