Become Active

Showing posts with label Research. Show all posts
Showing posts with label Research. Show all posts

October 18, 2013

घर जग्गासम्बन्धी अनुसन्धान


अनुसन्धानले काठमाडौंमा ५० लाख रुपैयाँभन्दा सस्तो मूल्यमा घर तथा अपार्टमेन्ट निर्माण गरे सहजै बिक्री हुने भनेको । 

काठमाडौं उपत्यकामा सञ्चालित ५० वटा हाउजिङ्ग प्रोजेक्टमध्ये २२ वटा र ६६ वटा अपार्टमेन्ट प्रोजेक्टमध्ये २२ वटामा यो अध्ययन गरिएको थियो ।

अपार्टमेन्टभन्दा हाउजिङ्गको बजारमा राम्रो रहेको अध्ययनले देखाएको छ । निर्माण भएकामध्ये ७६ प्रतिशत हाउजिङ्ग बिक्री देखिएको छ भने अपार्टमेन्ट ५१ प्रतिशत मात्र बिक्री भएको छ ।

निर्मितमध्ये ४३ प्रतिशत हाउजिङ्गको मूल्य ५० लाखदेखि १ करोडको बीचमा छ । २ करोडमाथिका हाउजिङ्ग ८ प्रतिशत मात्र छन् । त्यसैगरी, अपार्टमेन्टको हकमा ५० लाखभन्दा कमका ४६ प्रतिशत छन् भने २ करोडमाथिका ६ प्रतिशत मात्र छन् ।

डेपुटी गभर्नर महाप्रसाद अधिकारीले विगतमा बिनारिसर्च रियलस्टेटमा लगानी गरेका कारण राष्ट्र बैंकले हस्तक्षेप गर्नुपरेको बताउनुभयो । डेपुटी गभर्नर अधिकारीको टिप्पणी थियो, ‘महँगो मूल्यको प्रडक्ट वास्तवमा बिक्री गर्न कठिन पर्ने रहेछ भन्ने यो रिसर्चले पनि स्पष्ट पारेको छ ।’

जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाराज तामाङले यो रिसर्चबाट हाउजिङ्गमा कुनै समस्या नदेखिएको र अपार्टमेन्टमा केही समस्या देखिएको हुनाले सबै पक्षले बाँकी रहेका अपार्टमेन्ट बिक्रीमा सहयोग गर्न आग्रह गर्नुभयो । ‘अहिले निर्माण भइसकेका अपार्टमेन्ट कसरी छिटो बिक्री गर्न सकिन्छ भनेर राष्ट्र बैंक, बैंक र सरकारले सहयोग गर्नुपर्‍यो’, उहाँको आग्रह थियो, ‘त्यसपछि बनाउने प्रोजेक्ट रिसर्चको सुझावअनुसार कम मूल्यका बनाइनेछ ।’